अमेरिकाले भोलिदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गर्ने

काठमाडौँ । अमेरिकामा भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।

फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप भोलिदेखि लगाउन सुरु गरिने बीबीसीले जनाएको छ । खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइँदैछ ।

Advertisement

राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताएका छन्। अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ।

स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमबारबाट खोप कार्यक्रम शुरू गर्ने बताएका छन्। फाइजरको खोपलाई यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ।

गत बुधवार अमेरिकामा ३,००० जनाभन्दा बढीको कोभिड–१९ का कारण मृत्यु भएको छ जुन संसारकै सबैभन्दा बढी दैनिक मृत्यु सङ्ख्या हो।

एफडीएले के भन्यो ?

बिहीबार एफडीएको विज्ञ समूहले आपत्कालीन प्रयोगका लागि खोपलाई स्वीकृति दिन सुझाएका थिए। तेइस सदस्यीय समितिले खोपका जोखिमभन्दा फाइदा बढी भएको बताएका थिए।

More News last news
Loading...