काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा अन्दाजी ३६ वर्षीया महिला मृतावस्थामा फेला परेकी छिन्।
काभ्रे घर भएकी अन्तरीमाया थिङ चाँगुनारायण–४ फुलबारी स्थित डेरामा मृत फेला परेको महानगरीय अपराध महाशाखाले जनाएको छ।
काठमाडौँमा मजदुरी गर्ने अन्तरीमायाले अत्यधिक मापसे गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए। शरीरमा चोटपटक नदेखिएको र मृत्युको यकिन कारण खुल्न नसकेको एसएसपी थापाले बताए।
उनी बस्ने घरमा बस्ने केही व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
