राप्रपा नेता लिङ्देन अस्वस्थ, उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा-३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

निमोनियाले ग्रस्त बनाएपछि उनलाई बिहीबार थप उपचारका लागि झापाबाट काठमाडौँ ल्याइएको हो।

Advertisement

पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उनलाई निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्समार्फत विहीबार साँझ काठमाडौँ ल्याइएको हो। उनलाई काठमाडौँको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको छ।

More News last news
Loading...