काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका मुख्य-मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्नको लागि सम्झौता भएको छ।
मुख्य सडकमा दुई हजार बत्ती जडानको लागि सहमतिपत्रमा काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ।
सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्कीलगायतका क्षेत्रमा झण्डै १७ करोड रुपैयाँको लगानीमा दुई हजार आधुनिक बत्ती जडानको काम अघि बढ्नेछ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै यातायातमन्त्री वसन्त नेम्वाङले सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो सङ्घीय राजधानीको चिनारी दिने अभियानअन्तर्गत यो योजना अघि बढेको बताए।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
