सन्दीप लामिछानेले चितवनमा हुने गौतमबुद्ध कप नखेल्ने

काठमाडौँ । सन्दीप लामिछाने चितवनमा हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएका छन् ।

बिग ब्यासका लागि जाने तयारी गर्नुपर्ने भएकाले प्रतियोगितामा सहभागी नहुने सन्दीपले बताएका छन्। उनी डिसेम्बर १४ या १५ तारिखमा बिग ब्यास खेल्न अष्ट्रेलिया जाने तयारीमा छन्।

Advertisement

सन्दीप नेपालबाट गएपछि १४ दिन अष्ट्रेलियामा क्वरेण्टीनमा बस्नुपर्ने र कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै खेल्न पाउनेछन्।

कोरोनालाई जितेका सन्दीपले जनवरी २ मा मेलबर्न स्टार्ससँगको खेल खेल्ने सम्भावना रहेको छ। सन्दीपले लगातार तेस्रो सिजन बिग ब्यास लिग खेल्न लागेका हुन।

यसैबीच, नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीले खेल्ने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको टिम र खेल तालिका सार्वजनिक भएको छ।

प्रतियोगितामा वाग्मती टिम, नारायणी टिम र राप्ती टिमले सिंगल राउण्ड रोबिनको फर्म्याटमा खेल्नेछन् । पर्सिदेखि हुने सुरु हुने खेलमा वाग्मती र नारायणीबीच प्रतिष्पर्धा हुनेछ।

वाग्मती टिमको कप्तानी ज्ञानेन्द्र मल्लले र नारायणी टिमको कप्तानी पारस खड्काले गर्नेछन्। प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ।

More News last news
Loading...