विवेकशील-साझा पार्टी मर्ज, केन्द्रीय सदस्यमा ६५–६५ जना रहने

काठमाडौँ । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ। मङ्गलबार दिउँसो अनलाइन कार्यक्रममार्फत विवेकशील–साझा पार्टी एक भएको घोषणा गरिएको हो।

साझा पार्टीको कार्यालय बखुण्डोल ललितपुरमा दुवै पार्टीका वार्ता टोलीका सदस्यहरू मात्रैको उपस्थितिमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले एकीकरण घोषणापत्रमा हस्ताक्षर गरेका हुन्।

Advertisement

यसअघि यी दुई पार्टीबीच २०७४ साउन ११ गते एकता भएको थियो तर २०७५ पुस २७ गते पार्टी विभाजित भएको थियो ।

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुने र लोगो र चुनाव चिह्न ‘तराजु’ हुनेछ। एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५–६५ जना सदस्य रहने गरी कुल एक सय ३० जना केन्द्रीय सदस्य हुनेछन्।

एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या (१३–१३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ।

More News last news
Loading...