२८ गतेदेखि खुल्ला हुँदै मनकामना मन्दिर र केबुलकार

गोरखा । गोरखाको मनकामना मन्दिर मङ्सिर २८ गतेदेखि खुल्ने भएको छ। कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण मन्दिर गएको चैत ७ गतेदेखि बन्द गरिएको थियो।

मनकामना क्षेत्र विकास समितिको मङ्गलबार बसेको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड र कार्यविधि तयार पार्दै भक्तजनका लागि मन्दिरको पूजाआजा सुरु गर्ने निर्णय गरेको हो।

Advertisement

तर तत्कालका लागि भने पञ्चबली, लाखबत्ती बाल्ने जस्ता ठूला पूजाआजा भने गर्न नदिने निर्णय भएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेविन्द्र गुरुङले बताए ।

मन्दिरमा दर्शन र पूजाआजा गर्न आउने भक्तजनले नेपाल सरकारले तय गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने छ ।

दर्शन गर्न आउने भक्तजनलाई प्रवेश विन्दुमै ज्वरो नाप्ने र अन्य सामान्य स्वास्थ्य परिक्षणको व्यवस्था गरिनेछ भने व्यक्तिगत विवरण पनि सङ्कलन गरिनेछ।

More News last news
Loading...