काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ।
नेपालले आज आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागेको हो ।
दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जनाएको छ।
चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।
आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी मापन गरिएको सगरमाथाको उचाइ आज दुवै देशमा एकै पटक सार्वजनिक गरिँदै छ ।
भारतले सन् १९५४ मा गरेको सगरमाथाको उचाइ मापनलाई नेपालले मान्यता दिँदै आएको छ । भारतको मापन अनुसार आजसम्म सगरमाथाको उचाई आठ हजार आठ सय ४८ मिटर छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
