आज घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको थियो। हिजो तेजावी सुन प्रतितोला ९२ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...