सप्तरी । लामो समयदेखि बन्द रहेको नाका खुलाउन माग गर्दै आइतबार सप्तरीको कुनौली नाकामा एक घण्टा धर्ना दिइएको छ।
नेपाल-भारत खुला सीमा संवाद समूहले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको तिलाठी बेल्ही भन्सारमा नाका खोल्नुपर्ने माग गर्दै एक घण्टा धर्ना दिएको हो।
धर्ना कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसद मनीस कुमार सुमन, जसपा नेपाल केन्द्रीय सदस्य तथा नेपाल–भारत खुला सीमा संवाद समूहका केन्द्रीय सदस्य गजेन्द्र कुमार मण्डल, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीश कुमार सिंह, जसपा जिल्ला अध्यक्ष सुनिल कुमार झा, नेता गुडु देबलगायत सहभागी थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
