मंसिर २५ बाट पूर्णरुपमा जोरबिजोर प्रणाली खारेज गर्न माग

काठमाडौँ । आगामी मंसिर २५ गतेबाट सार्वजनिक यातायातमा लगाइएको जोर–बिजोर प्रणाली हटाउन यातायात व्यवसायीहरुले सरकारसँग माग गरेका छन्।

व्यवसायीहरुको छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघसहित तीनवटै यातायात व्यवसायी मजदुर संगठनहरुले हालसम्म कायम रहँदै आएको जोरबिजोर प्रणाली अबिलम्ब खारेज गर्न सरकारसँग माग गरेका हुन्।

Advertisement

बजार, उद्योग कलकारखाना सहित सार्वजनिक क्षेत्रहरु क्रमिक रुपमा खुल्दै गइरहेको अवस्थामा सर्वसाधारण नागरिकहरु समेत कोभिड–१९ को त्रासबाट बाहिर निस्किएर दैनिक जीवन यापन तथा काम काजमा लागिसकेको अवस्थामा जोरबिजोर प्रणालीको कुनै अर्थ नहुने व्यवसायिहरुको भनाईछ।

कोभिड-१९ को सन्त्रासबाट विस्तारै सहजतातर्फ अघिबढिरहेको समाजमा संक्रमणको जोखिम कम गर्नुको साटोजोरबिजोर प्रणालीले उल्टो थप जोखिम बढाउने काम गरेको र असहजता पैदा गर्ने काम गरेको व्यवसायिहरुको भनाईछ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘यस्तो जोखिमपूर्ण जोरबिजोर प्रणाली अबिलम्ब खारेज गर्न र सहज र सुरक्षित सार्वजनिक यातायातको उपभोग गर्न पाउने सर्वसाधारणको अधिकार सुनिश्चित गर्न हामी यातायात व्यवसायीहरु सरकारसँग जोडदार माग गर्दछौं।’

त्यसो त यातायात व्यवसायीहरुले हाल कायम रहँदै आएको जोरबिजोर प्रणाली पूर्णरुपमा खारेज गरेर आगामी मंसिर २५ गतेबाट सम्पूर्ण सार्वजनिक यातायात खुल्ला गर्न जिल्ला प्रशासन कार्यलय काठमाडौँ र कोभिड-१९ रोकथाम तथा उपचार केन्द्र (सीसीएमसी) सँग माग गरेको छ। गत बिहिबार नै एक पत्र काट्दै व्यवसायीहरुले सरकारसँग यस्तो माग गरेका हुन्।

More News last news
Loading...