एनआईसी एशिया बैंकले घोषणा गर्यो १९५ बोनस शेयर

काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारणसभाले १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने घोषणा गरेको छ।

बैंकको मंसिर २१ गते सम्पन्न सभाले सो प्रस्ताव पारित गरेको हो।

Advertisement

सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू। ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।

More News last news
Loading...