आज पनि बढ्यो सुनको भाउ, तोलामा कति ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ। बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

यसैबीच शुक्रबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

More News last news
Loading...