रुसका १ लाखभन्दा धेरै नागरिकलाई दिइयो कोरोना विरुद्धको खोप

काठमाडौँ । रुसमा एक लाखभन्दा धेरै नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो ।

Advertisement

गएको अगष्ट ११ मा नै रुसले खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड–१९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिङ्क पनि संयुक्त राष्ट्रसङ्घलाई दिइएको विभिन्न संचारमाध्यमले जनाएका छन्।

गएको महिना मात्र खोपको प्रभावकारिताको बारेमा अनुसन्धान गरिएको थियो। रुसमा २३ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

More News last news
Loading...