काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ४४५ कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३९ हजार १०२ पुगेको छ।
यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९५ लाख नाघेको छ।
डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार ९४ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख ६४ हजार ५६५ पुगेको छ।
संक्रमितमध्ये अहिलेसम्म ९० लाख ८ हजार २४७ जना संक्रमणमुक्त भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
