काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले इदि अमिन र केपी ओलीमा कुनै फरक नभएको बताएका छन्।
तनहुँमा बुधबार प्रशासनले रोकेको पुल उदघाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पौडेलले केपी ओलीले संविधान कानुन सवै आफै हुँ भन्ने अहंम देखाउन थालेको भन्दै इदि अमिन र उनीमा कुनै फरक नभएको बताए।
उनले तनहुँका सिडिओ सागर आचार्यलाई तत्काल तनहुँबाट सरुवा मागेर जान पनि सुझाव दिए । उनले सिडियो आचार्यसँग सिडिओ हुने योग्यता नपुगेको भन्दै थपे, – “सिडिओ साव अब तनहुँमा नबस्नुहोला। रामचन्द्र पौडेल जतिको मान्छेलाई मैले पुल उदघाटन गर्नबाट रोक्न मिल्दैन भनेर माथिल्लो निकायमा भन्न सक्नुभएन । हिजो पुल उदघाटन गर्नबाट रोक्न निषेधाज्ञा जारी गर्नुभयो, रामचन्द्र पौडेललाई पक्राउ गर्नुभयो । आज खै सकेको ? जनसागर देखेर डराउनुुभयो । त्यसैले तपाईसँग सिडिओ हुने योग्यता रहेनछ, अब तनहुँमा नबस्नुहोला।”

उनले रामचन्द्र पौडेलमाथि योग्यता नपुगेको केटाकेटी सिडिओ र लोकतन्त्रका लागि कहिल्यै नलडेको एकजना ठेकेदार विचौलिया प्राविधिक कारण सांसद् भएको, मान्छे प्रहार गर्न हिम्मत गर्न नसक्ने भन्दै केपी ओलीले नियतबस पौडेलमाथि प्रहार गरेको बताए।
उनले तनहुँका सांसद किसान श्रेष्ठ एक दिन पनि कष्टडीमा नपरेको पञ्चायतमा होइन गणतन्त्रमा पनि नलडेको भन्दै सम्पति शुद्धिकरण विभाग ओलीको कब्जामा हुँदैनथ्यो भने सांसद् श्रेष्ठबाटै छानविन सुरु हुने बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
