वैदेशिक रोजगार बीमा अब अनलाइनबाटै गर्न सकिने

काठमाडौँ । वैदेशिक रोजगारीमा जानको लागि अनिवार्य रुपमा गर्नैपर्ने वैदेशिक रोजगार म्यादी जीवनबीमा अब अनलाइनबाटै गर्न सकिने भएको छ।

सन नेपाल लाइफ इन्स्योरेन्स र इसेवा तथा स्प्यारो पेको सहकार्यमा अनलाइनबाटै जीवनबीमा गर्ने व्यवस्था गरिएको हो।

Advertisement

त्यस्तै, विदेश जानेले वैदेशिक रोजगार कल्याणकारी कोषमा अनिवार्य रुपमा जम्मा गर्नुपर्ने रकम समेत अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइएको वैदेशिक रोजगार विभागले जनाएको छ।

यसरी भुक्तानी गर्दा लागत शुल्कबाहेक अन्य कुनैपनि प्रकारको थप शुल्क व्यहोर्नु नपर्ने समेत विभागले स्पष्ट पारेको छ।

More News last news
Loading...