काठमाडौँ । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका-९ का दिनेश लिम्बू भएको बताइएको छ।
मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ।
इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन्।
उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ। को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
