काठमाडौँमा आज यो वर्षकै सबैभन्दा धेरै जाडो

काठमाडौँ । काठमाडौँमा आज यो वर्षकै धेरै जाडो भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार विहान काठमाडौँको तापक्रम यो वर्षकै कम मापन गरिएको छ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा झरेको हो।

यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले घटेको हो।

राति देशभरीकै मौसम सफा भएकाले बिहान देशभर तापक्रम घटेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।

उनका अनुसार राति मौसम सफा भए बिहानको तापक्रम घट्छ । तर, राति बादल लागे बिहानको तापक्रम बढ्छ।

More News last news
Loading...