काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० मा कारोवार भएको छ। बिहीबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको थियो।
तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको छ। बिहीबार प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो। चाँदी आज प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको छ।
बिहीबारका तुलनामा चाँदी प्रतितोला रु १० ले ओरालो लागेको हो। बिहीबार चाँदी प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
