काठमाडौँ । विश्वभर विभिन्न अस्पतालमा उपचाररत १ लाख ४ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ।
वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर १ करोड ७४ लाख ६८ हजार ८२४ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ४ हजार ९०३ जनाको अवस्था गम्भीर रहेको छ।
दोस्रो लहरको संक्रमण तीव्र हुँदा कोरोना संक्रमणबाट हुने मृत्युमा पनि दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै जान थालेको छ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १० हजार ९५३ संक्रमितको मृत्यु भएको छ। बिहीबारभन्दा मृतक संख्या घटेपनि पछिल्ला केही दिन यता मृतक संख्या बढ्दो क्रममा छ।
बिहीबार (११ मंसिरमा)अहिलेसम्मकै उच्च १२ हजार ५३ जनाको मृत्यु भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
