५० प्रतिशत छुटको व्यवस्था गरेपछि पोखरामा प्याराग्लाइडिङ गर्नेको लर्को

पोखरा । सरकारले कोभिड–१९ संक्रमणको जोखिमका कारण गरेको लकडाउन पश्चात ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ।

पर्यटन क्षेत्र सुचारू भएसँगै नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि पर्यटकीय गतिविधिहरु सञ्चालन हुन थालेका छन्।

Advertisement

लकडाउनपछिको लामो समय पश्चात पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटन भित्र्याउने क्षेत्र प्याराग्लाइडिङ बनेको छ।

अहिले पोखराको आकाशमा दैनिक ५ सय देखि ६ सय जनाले प्याराग्लाइडिङ उडान गर्ने गरेको नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ।

सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न ५० प्रतिशत छुटको व्यवस्था गरिएपछि प्याराग्लाइडिङ उडान गर्नेहरुको संख्या ह्वात्तै बढेको नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव बलराम आचार्यले बताए।

More News last news
Loading...