चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।
बिहीबार बिहान साढे ५ बजे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी राजमार्गको नागदी खोला भन्ने स्थानको सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार लु १ च ९७३१ नम्बरको पिकअप भ्यानमा चालक सहित दुई पुरुष र दुई महिला गरी चार जना सवार थिए। चार मध्ये तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
त्रिशुली नदीमा खसेको पिकअप भ्यान नदीमा पुरै डुबेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीद्वारा बेपत्ता भएकाहरुको खोजीकार्य गरिरहेको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
