विश्व प्रख्यात फुटबल खेलाडी म्याराडोनाको निधन

एजेन्सी । विश्व प्रख्यात फुटबल खेलाडी डिएगो म्ययाराडोनाको निधन भएको छ। अर्जेन्टिनाका पूर्व मिडफिल्डर म्याराडोनाको हालै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो।

सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा उनी कप्तान थिए। उनले बार्सिलोना र नापोलीबाट पनि खेलेका थिए। ३० अक्टोबर १९६० मा जन्ममिएका म्याराडोना ६० वर्षषका थिए।

Advertisement

उनी सन् २०१० को विश्वकप फुुुुटबलमा अर्जेन्टिनाको प्रशिक्षकसमेत थिए। २६ वर्षको उमेरमा सन् १९८६ मा उनले झन्डै आफू एक्लैको भरमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए।

विश्वकपलाई ‘कोपा म्याराडोना’ अर्थात् म्याराडोनाको विश्वकप भन्ने गरएिको छ। म्यारोडनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए।

म्याराडोनाको नाउँ संसारकै सर्वकालीन महान फुटबल खेलाडीहरूको सूचीमा आउँछ।

उनले अर्जेन्टिनाका लागि चारवटा विश्वकप खेले। सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना फाइनलसम्म पुगेको थियो। फाइनलमा तत्कालीन पश्चिम जर्मनीबाट पराजित भयो।

सन् १९९१ मा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो। उनले सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए। त्यति बेला उनी ३७ वर्षका थिए।

More News last news
Loading...