सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषदबाट स्वीकृति प्रदान

काठमाडौँ । सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ।

आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो।

Advertisement

भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका लागि स्वीकृति प्रदान गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेका थिए।

आर्थिक वर्ष २०७५/७६ बाट सुरु भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रूपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिए।

उनले भने, सरकारले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको छ। त्यो कार्य अहिले सम्पन्न भएको छ । अब हामी आफैले नापेको सगरमाथाको उचाइ औपचारिक रूपमा घोषणा गर्ने चरणमा आइपुगेका छौँ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण देशको उत्तरी भूभागमा रहेका स्थानहरूको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो।

त्यही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपरघट भएको हुन सक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो।

More News last news
Loading...