आज पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य १ हजार रुपैयाँ घटेको छ।

Advertisement

मंगलबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार भने घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १८ सय घटेको थियो।

यस्तै तेजावी सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छ। यसैबीच बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको महासंघले जनाएको छ।

मंगलबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भएको हो।

More News last news
Loading...