आज १८०० ले घट्यो सुनको भाउ

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ।

Advertisement

सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज रु एक हजार ८०० ले ओरालो लागेको हो।

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ। सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला रु ३० ले ओरालो लागेर रु एक हजार १८० मा कारोबार भएको छ।

More News last news
Loading...