काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गरेका छन्।
सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी दिएका हुन्।
उनले लेखेका छन्, ‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगिनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ। निर्णय सच्याइयोस् । जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं।’
त्यस्तै थापाले राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको उल्लेख गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
