बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ।

शनिबार राति एट्लेटिकको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना १–० ले पराजित भएको हो।

Advertisement

एट्लेटिकोको जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा यानिक कार्रास्कोले गरेको गोल नै निर्णायक बन्यो।

सन् २०१० पछि एट्लेटिकोले पहिलो पटक बार्सिलोनालाई हराएको हो।

हारपछि बार्सिलोना ८ खेलबाट ११ अंकका साथ १०औँ स्थानमा छ।

एट्लेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ। एट्लेटिकोले ८ खेलमा २० अंक भएको छ।

More News last news
Loading...