सचिवालय बैठक : मंसिर १८ मा स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बस्‍ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक मंसिर १८ गते बस्ने निर्णय गरेको छ।

आज बसेको सचिवालय बैठकले १८ गते सचिवालय बैठक बस्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

Advertisement

यस्तै, मंसिर १५ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकलाई १० दिनपछि सारिएको उनले बताए।

यसअघि पनि कात्तिक १५ गते बोलाइएको केन्द्रीय कमिटीको बैठक पार्टीभित्रको विवादको कारणले स्थगित गरिएको थियो।

More News last news
Loading...