काठमाडौँ । नीतीश कुमारले विहारको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन्। सोमबार राजभवनमा उनले मुख्यमन्त्रीका रूपमा सातौँ पटक सपथ लिएका हुन्।
नितिशका साथ विधायक तारकिशोर प्रसादले मन्त्रीको सपथ लिएका छन् । यस्तै पिछडा वर्गबाट रेणु् देवीले पनि मन्त्रीको सपथ लिएकी छन्।
हालसम्म कसको पोर्टफोलियो के हुने भन्नेबारे केही नबताइएपनि उनीहरु दुवै उप मुख्यमन्त्रीको भूमिकामा रहन सक्ने बताइएको छ।
उनी नेतृत्वको क्याबिनेटमा जदयुका ५, भाजपाकासहितको प्रतिनिधित्व रहने गरी १४ जनालाई मन्त्री बनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
