एजेन्सी । फिफा विश्वकप फुटबलको छनोटमा ब्राजिलले भेनेजुएलालाई हराएको छ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ औं मिनेटमा फिर्मिन्होले गोल गरेका थिए।
जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा उक्लिएको छ । ब्राजिलले ३ खेलमा ९ अंक जोडेको छ। छनोटमा ब्राजिल अपराजित रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
