आज ११ अंकले बढ्यो नेप्से, ४ अर्ब ८२ करोड रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौँ । नेप्से परिसूचक बिहीबार पनि बढेको छ। बुधबार सामान्य बढेको नेप्से बिहीबार १० दशमलव ८२ अङ्कले बढेर १७ सय १८ दशमलव ४९ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।

यस्तै बिहीबार ‘कु’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २७ अङ्कले बढेको छ।

Advertisement

बिहीबार बैंक, व्यापार, निर्जीवन, अन्य र म्युचल फण्ड समूहको उपसूचक बढेको छ। होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादन, माइक्रो फाइनान्स र जीवन बीमा समूहको उपसूचक भने घटेको छ।

बिहीबार चार अर्ब ८२ करोड रुपैयाँभन्दा धेरैका एक करोड ३८ लाख कित्ता शेयर किनबेच भएका छन्। सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बिहीबार विशाल बजार कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् भने गणपति माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले ५ दशमलव २३ प्रतिशत गुमाएका छन्।

More News last news
Loading...