कलंकीमा ट्रकमा ठोक्कियो कुखुराको गाडी, तीन जनाको मृत्यु, एक गम्भीर

काठमाडौँ । काठमाडौंको कंलकीस्थित मकालु पेट्रोल पम्प अगाडि कुखुरा बोक्ने गाडी रोकिरहेको ट्रकमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किँदा सोही कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो।

Advertisement

घाइते ४ जना मध्ये ३ जनाको मृत्यु भएको र १ जना घाइते भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बोहोराले जानकारी दिए ।

डिएसपी बोहोराका अनुसार, कुखुरा बोक्ने गाडीमा सवार ४ जना नजिकै रहेको कलंकीस्थित सहिद अस्पतालमा उपचारको क्रममा ३ जना व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नुवाकोटका २४ वर्षीय रोशन तामाङ, ३७ वर्षीय माधव घिमिरे र २७ वर्षीय का भुपेन्द्र तामाङ रहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ।

More News last news
Loading...