स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा कास्कीका डा. दामोदर बसौला नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. दामोदर बसौला नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले कास्कीका डा. बसौलालाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

Advertisement

बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ८ जनाको निवेदन परेको थियो ।

लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र बीमा बोर्डका सदस्य डा. सुरेश तिवारी रहेको छनोट समितिले डा. बसौला, डा. कृष्ण अधिकारी र सुदर्शन पौडेलको नाम सिफारिस गरेको थियो।

तीनजना मध्ये बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले कास्कीका डा. दामोदर बसौला ४ वर्षका लागि बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको स्रोतले जनाएको छ ।

डा. बसौलाले सन् २०१६ मा विमाको क्लेम सेटलमेन्ट प्राक्टिसमा भारतको सांघानिया युनिभर्सिटीबाट पीएचडी गरेका छन् । उनी पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसका एसोसिएट प्रोफेसर हुन्।

More News last news
Loading...