सल्यानमा जिप दुर्घटना, चालकसहित ३ जनाको मृत्यु

काठमाडौँ । सल्यानमा शनिबार बेलुका जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो।

Advertisement

दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीप चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। मृतक तीनै जनाको शव  पोष्टमार्टमका लागि सल्यान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

More News last news
Loading...