कालीगण्डकी करिडरमा पहिरो खस्यो, ५ कामदारको मृत्यु

पोखरा । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।

कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार बुधबार साँझ पहिरामा पुरिएका थिए।

Advertisement

सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको अवस्थामा माथिबाट खसेको सुख्खा पहिरामा पुरिएका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए।

मृत्यु हुनेमा सबै बुलिङटार –४ का २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लु‌गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी छन्।

पहिरामा पुरिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहायतामा निकालिएको थियो ।

पहिरामा परी दुई जना २१ वर्षीय कृष्ण लु‌ंगेली र १९ वर्षीय केबलसिंह लु‌‌गेली मगर घाइते भएका छन्। उनीहरु पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका थिए।

घाइतेको चितवनस्थित अस्पतालमा उपचार भइरहेको छ ।

More News last news
Loading...