पोखरा । गण्डकी प्रदेशमा थप एक जना कोरोनासंक्रमितको मृत्यु भएको छ।
नवलपुरको कावासोती–६ का ६७ वर्षीय पुरुष र सोहि जिल्ला गैडाकोट–२ का ७७ वर्षीया महिलाको होम आइसोलेशनमा गए राति निधन भएको हो।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मृतक दुबै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गरेका छन्।
यसैगरी पोखरा महानगरपालिका–९ का ६२ वर्षीया महिलाको समेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गए राति नै निधन भएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ।
७७ जनामा कोरोना पुष्टि
आज आइतबार बिहानै गण्डकी प्रदेशमा थप नयाँ ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५०४ पुगेको छ।
चितवन मेडिकल कलेज, चितवन र क्षयरोग उपचार केन्द,्र पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ७७ जना संक्रमितहरु थपिएका हुन्।
आइतबार हिानको सूचनाअनुसार संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जामा ३, पर्वतमा २, लमजुङमा ८, तनहुँमा ५, नवलपरासी पूर्वमा १४, कास्कीमा २० गरी प्रदेशमा ६ जिल्लामा ५२ संक्रमित थपिएका थिए।
यस्तै, आइतबार बिहानै आएको अर्को सूचना अनुसार नवलपरासीमा १५ जना, गोरखामा ५ जना, तनहुँमा ५ जना, कास्कीमा १, लमजुङमा १ गरी प्रदेशका ५ जिल्लामा २५ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
