एजेन्सी । आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ। सारजाहमा शनिबार राति भएको खेलमा हैदराबादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो।
बैंगलोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभरमा १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो।
जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ। यस्तै हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ ।
हैदराबादले अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग खेल्नेछ।बैंगलोर १३ खेलमा ७ जितसहित १४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
