सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारदेखि फेरि सञ्चालनमा आएको छ।
बाढी, पहिरोले तीन महिनादेखि बन्द भइ गएको असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखा परेको जनाइ चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो।
दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।
नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिने भएपछि नेपाली कामदार सीमापारि जानु नपर्ने जनाइएको छ।
यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
