इरान । इरानमा पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएका छन्। पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमितको मृत्यु भएको छ। इरानी स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पटक एकै दिन ३ सय ४६ जनाको ज्यान गएको छ।
यो मृत्युसँगै इरानमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार २ सय ९९ पुगेको छ। अरब देशमध्ये इरानमा सबैभन्दा ठूलो संख्यामा संक्रमितको मृत्यु भएको छ।
इरानको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सिमा सादात लारीले नयाँ कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ६८ रहेको पनि जानकारी दिए। उजले यो सहित इरानमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ८ सय २४ पुगेको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
