गण्डकीमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको संख्या छ हजार ७९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण ता रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।

Advertisement

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का ५५, कास्कीका नौ, बाग्लुङका पाँच, म्याग्दीका चार, स्याङ्जाका तीन र तनहुँका दुई जना छन्।

सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा हालसम्म सङ्क्रमण भएका मध्ये चार हजार १४ निको भएका छन् भने ६८ जनाको मृत्यु भएको छ।

More News last news
Loading...