आईपीएल क्रिकेटमा पन्जाबले हैदरावादलाई १२ रनले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा किंग्स इलाभेन पन्जाबले सनराइजर्स हैदरावादलाई १२ रनले हराएको छ।

पन्जाबले हैदरावादसामु १२७ रनको विजय लक्ष्य पेश गरेको थियो। तर हैदरावाद १९.५ ओभरमा ११४ रनमा अलआउट भयो।

Advertisement

यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो। उसका लागि निकोलस पुरनले नटआउट ३२ रन बनाए। केएल राहुलले २७, मन्दीप सिंहले १७, क्रिस गेलले २० र ग्लेन म्याक्सवेलले १२ रन जोडे।

बलिङतर्फ सन्दीप शर्मा, ज्यासन होल्डर र राशिद खानले २–२ विकेट लिए।

विजय लक्ष्य पछ्याउने क्रममा हैदरावादका लागि कप्तान डेभिड वार्नरले ३५ रन बनाए। अन्य चार जनाको ब्याटबाट एक रन पनि निस्किएन। विजय शंकरले २६, जोनी बेयरस्टोले १९ र मनिष पाण्डेले १५ रन बनाए।

More News last news
Loading...