गण्डकी प्रदेशमा थप ४ कोरोना सङ्क्रमितको मृत्यु

स्याङ्जा । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण गण्डकी प्रदेशमा एक महिला सहित थप चार जनाको ज्यान गएको छ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले आइतबार बिहान दुई पटक जारी गरेको विज्ञप्तिअनुसार पोखराका विभिन्न तीन अस्पतालमा गरी चार जना सङ्क्रमितको ज्यान गएको हो।

Advertisement

पोखरा महानगरपालिका २२ का ६८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो।

यस्तै, पोखरा ३२ का ५८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा, पोखरा १५ का ५२ वर्षीया महिला र पोखरा १ का ४२ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा ज्यान गएको हो।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।

More News last news
Loading...