आईपीएल : राजस्थानलाई ८ विकेटले हराउँदै हैदराबाद विजयी

एजेन्सी । आईपीएलमा क्रिकेटमा सनराइजर्स हैदराबादले चौथो जित हात पारेको छ।

यूएईमा जारी प्रतियोगिता अन्तर्गत दुबईमा बिहीबार राति भएको खेलमा मनिस पाण्डे र विजय शंकरको उत्कृष्ट प्रदर्शनमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो।

Advertisement

राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो।

हैदराबादको जितमा पाण्डे र शंकरले अर्धशतकीय इनिङ्स खेले । पाण्डे ८३ रनमा अविजित रहदा शंकरले अविजित ५२ रन बनाए।

पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे। यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।

राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए । यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे।

रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए। जोफ्रा आर्चर १६ रनमा अविजित रहे।

हैदराबादका जोसन होल्डरले ३ विकेट लिए। विजय शंकर र राशिद खानले १र१ विकेट लिए।

जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ। हैदराबाद तालिकाको पाँचौँ स्थानमा समेत उक्लिएको छ।

More News last news
Loading...