विश्वभर ३ करोड ९ लाख संक्रमित निको, ११ लाख ३५ हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसका तीन करोड नौ लाखभन्दा बढी बिरामी निको भएका छन्।

विश्वमा बिहीबार बिहानसम्ममा तीन करोड नौ लाख दुई हजार नौ सय ९० संक्रमित कोरोनामुक्त भएका हुन्।

Advertisement

आजसम्मका विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड १४ लाख ६२ हजार ३६ पुगिसकेको छ । संक्रमितमध्ये ११ लाख ३५ हजार ६ सय ९७ जनाले ज्यान गुमाइसकेका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा कुल संक्रमितको संख्या ८५ लाख ८४ हजार नाघेको छ।

कुल संक्रमितमध्ये ५६ लाख दुई हजारबढी निको भएका छन् भने दुई लाख २७ हजार चार सय नौ जनाको ज्यान गएको छ।

भातरमा कोरोना भाइरसको कुल संक्रमितको संख्या ७७ लाख पाँच हजार नाघेको छ । संक्रमितमध्ये ६८ लाख ७१ हजार बढी निको भएका छन् भने एक लाख १६ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय पाँच जना निको भइसकेका छन् भने सात सय ९१ जनाको मृत्यु भइसकेको छ।

More News last news
Loading...