भारतमा अलपत्र नेपाली बालकको उद्धार

नवलपरासी । भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकको उद्धार गरिएको छ। आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काएको हो।

उद्धार गरिएका बालकहरू नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन्।

Advertisement

ती बालकलाई उद्धार गरेर मंगलबार अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए।

उनका अनुसार रोजगारीका लागि लगिएका ती बालकलाई भारतको गाजियावादबाट उद्धार गरेर भारतीय प्रहरीले सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो।

उद्धार गरिएका बालक १४ देखि १८ वर्ष उमेर समूहका छन्। उनीहरुलाई भारत लैजाने चार जना व्यक्तिलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

More News last news
Loading...