पुनर्निर्मित ऐतिहासिक ‘रानीपोखरी’ आज राष्ट्रपतिद्वारा उद्घाटन हुँदै

काठमाडौं । पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको आज उद्घाटन हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज (बुधबार) दिउँसो १२ बजे रानीपोखरी उद्घाटन हुने भएको हो।

Advertisement

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि उद्घाटन गर्न लागिएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेका थिए ।

उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीकोबीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन्।

More News last news
Loading...