मिसियोका ग्राहकलाई फाइनान्स सुविधा, ‘वयर नाउ पे लेटर’ अफर सुरु

काठमाडौँ । प्रशिद्ध अन्तर्राष्ट्रिय ब्राण्डको कपडा मिसियोले ‘वयर नाउ पे लेटर’ अफर ल्याएको छ । ६ वटा बैंकसँग सहकार्य गरी मिसियोले यो अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकले ९ हजार ९ सय ९९ रुपैयाँ भन्दा बढीको मिसियो कपडा किन्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

मिसियोले यसका लागि नबिल बैंक, स्टाण्डर्ड चार्टर बैंक, इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक र हिमालय बैंकसँग सम्झौता गरिसकेको छ । यी बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ९ महिनाका लागि फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

Advertisement

अहिले कपडा लगाएर पछिसम्म तिर्न सक्ने गरी मिसियोले ल्याएको यो अफरले धेरै ग्राहकलाई राहत हुने कम्पनीले विश्वास लिएको छ । आरभ मल्टिनेशनल हाउस प्रा.लि. अन्तर्गतको मिसियो शोरुम काठमाडौं नयाँबानेश्वर र सुन्धारास्थित सिभिल मलमा छ । दुवै शोरुममा मिसियो खरिद गर्ने ग्राहकले यो सुविधा प्राप्त गर्ने प्रवन्ध निर्देशक रज्जु तण्डुकारले जानकारी दिइन्।

‘शून्य प्रतिशत ब्याजदरमा ९ महिने किस्ता सुविधामा ब्राण्डेड कपडाहरु किन्ने सुवर्ण अवसर हाम्रा ग्राहकलाई मिलेको छ,’ उनले भनिन्, ‘यो अफरको भरपुर लाभ लिन म मिसियो ब्राण्ड मन पराउने सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछु ।’

महिला र पुरुष दुवैका लागि आवश्यक ब्राण्डेड कपडा मिसियो ब्राण्डमा नेपाली बजारमा उपलब्ध छ । सिभिल मलमा फेब्रुअरी २ बाट र नयाँ बानेश्वरमा सेम्टेम्बर २४ बाट मिसियोको शोरुम स्थापना भएको हो । नेपालमा बिक्री सुरु भएदेखि नै मिसियो ब्राण्डप्रति ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ । ‘धेरै राम्रो रेस्पोन्स पाएका छौं,’ तण्डुकारले भनिन्, ‘मेट्रियल्स र ब्राण्ड अनुसार मूल्य पनि सस्तो छ ।’

१५ वर्षदेखि ५० वर्षसम्मकालाई लक्षित गरी नेपाली बजारमा मिसियो भित्र्याए पनि राम्रो ब्राण्ड भएकाले बालबालिकादेखि ५० वर्षभन्दा माथिका ग्राहकसमेत कपडा किन्न आउने गरेको तण्डुकारले बताइन् । ‘फेसनेवल र क्वालिटी मन पराउनेहरुका लागि मिसियो रोजाईमा परेको छ,’ उनले भनिन्। बैंकहरुसँगको सहकार्यमा सुरु गरिएको किस्ताबन्दी सुविधाले मिसियोप्रति ग्राहकको आकर्षण अझै बढ्ने कम्पनीले विश्वास लिएको छ।

मिसियोको लागि नेपालको मास्टर फ्रेन्चाइज कम्पनी आरभ मल्टिनेशनल हाउस हो। शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली ग्राहकहरुमाझ ल्याउन पाउँदा निकै खुसी लागेको तण्डुकारले बताइन्।

मिसियो चीनको उत्कृष्ट ब्राण्डमा पर्छ । चीनको फेसन उद्योगको प्रतिष्ठित समूह इस्योनको स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित छ । चीनमा मिसियोका ३२ वटा फ्याक्ट्री छन् भने ५ हजार भन्दा बढी स्टोर्स छन्।

More News last news
Loading...