सञ्चारकर्मी पौडेलको गीत ‘सँगसँगै’ (भिडियोसहित)

काठमाडौं । गीतकार तथा सञ्चारकर्मी हरिराम पौडेलको म्युजिक भिडियो ‘सँगसँगै’ शुक्रबार किरण क्रिएसन युटुब च्यानलमार्फत सार्वजनिक भएको छ। म्युजिक भिडियो लिस्नर्स क्लब नेपालद्वारा ‘प्रतिभासँग हातेमालो’ परियोजनाअन्तर्गत निर्माण गरिएको हो।

जुम–प्रविधिमा गरिएको भर्चुअल कार्यक्रममा अग्रज कवि तथा गीतकार दिनेश अधिकारी र कृष्णहरि बराल, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा तथा नवनारी मासिककी सम्पादक तथा गीतकार जानुका ढकालले म्युजिक भिडियोको पोस्टर एकसाथ सार्वजनिक गरेर म्युजिक भिडियो लोकार्पण गरेका थिए।

Advertisement

अहिलेका चर्चित गायक–गायिका एलिना चौहान र किरण भुजेलको स्वर रहेको सो गीतको लय तथा संगीत सिर्जना संकेत अगस्तीले गरेका हुन्।

गीतको म्युजिक भिडियोमा विनोद बमको निर्देशन तथा गायक किरण भुजेल र मोडल निभा अधिकारीको अभिनय छ।

More News last news
Loading...